Badikedar Khabar

सुरु हुँदै कांग्रेस सहमहामन्त्रीको मतगणना

काठमाडौं। नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको मतगणना केहिबेरमा सुरु हुने भएको छ ।   कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य एवम् अधिवक्ता एगराज पोखरेलले लेखाजोखालाई दिएको जानकारी अनुसार सहमहामन्त्रीको गणना पार्टी कार्यालय सानेपामा गरिने छ। साढे ४ बजेपछि गणना सुरु गर्ने तयारी रहेको छ।

सहमहामन्त्रीमा क्लस्टर अनुसार ८ जना निर्वाचित हुने विधानमा व्यवस्था छ। जस अनुसार महिला-१, आदिवासी जनजाती-१,दलित-१, मधेसी-१, खस आर्य-१, थारु-१, मुस्लिम-१ र पिछडिएको क्षेत्रबाट १ जना निर्वाचित हुने छन।

लिततर्फ गंगा सुनार, जीवन परियार, मानबहादुर विश्वकर्मा, जनजातीतर्फ विकाश लामा, भीष्मराज आङ्देम्बे, महिलातर्फ कमला पन्त र महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेदवार छन।

 

याे पनि हेर्नुस्
Loading...