Badikedar Khabar

मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक: भीम रावल

नेकपा एमालेका नेता भीम रावलले पार्टीले आफूलाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमा लेख्दै आफूलाई नसोधी कुनै पनि पदमा टीका लगाइदिएको भन्दै उनले आपत्ति जनाएका हुन्।

उनले लेखेका छन्, ‘मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो। यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।’

एमालेको दशौं महाधिवेशनमा उनले अध्यक्ष पदको लागि केपी शर्मा ओलीविरूद्ध उम्मेदवारी दिएका थिए।

अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा रावलले रूचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शङ्कर पोखरेलले बताएका थिए।

सेतोपाटी

याे पनि हेर्नुस्
Loading...