लिलाजङ्ग शाही
नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटी का ईन्चार्ज खगराज भट्ट कैलालीको दुर्गम गाउपालिका मोहन्याल खिमडी पन्डौन ,बजाडी को अवलोकन गर्नु भएको छ
१० बर्शे जनयुद्ध को आधारक्षेत्र रहेको खिमडी पुग्नु भएका इन्चार्ज भट्टले ठुलिगाड खोलाले बर्सेनि गरेको कटान क्षेत्र ,सेतिलोक मार्ग ,सिमली ,खिमडी ,कोल्तडी सडक खन्ड र पन्डौन स्वास्थय चौकी र गाउपालिका को अबस्था बारे जानकारी लिदै ,मोहन्यालको चौतर्फी बिकासका लागि सुदूरपश्चिम सरकार र संघीय सरकारलाई सुदूरपश्चिम प्रदेश कमिटीको तर्फबाट ध्यानाकर्षण गराइ बिकास निर्माणकार्यका लागि आफू निरन्तर लागि रहने अन्तरकृया कार्यक्रम लाई प्रमुख अतिथिको आसन्न बाट बोल्दै बताउनुभयो
अन्तरकृया कार्यक्रम सम्पन्न साथै जनताको बिचमा जनयुद्ध स्थल पुगेर ईन्चार्ज भट्टले आफ्नो ४८ औ जन्म दिवस पनि मनाउनु भएको छ।
सो कार्यक्रम बजाडी स्थित जनमुक्ति सेनाले युद्ध क्रममा तालिम गर्ने तालिम केन्द्र अघि ऐतिहासिक पण्डौन भिडान्त खिमडी भिडान्त भएको ठाउँ पुगि महान सहिदहरु को समाधिस्थल पुगि श्रदान्जलि अर्पण गरियो। साथै कोल्तडी खिमडी लगाएतका बाढी प्रभाबित क्षेत्रको निरिक्षण सेति लोकमार्गको अनुगमन लगाएत जनता तथा कार्यकर्ता संग भेटघाट कार्यक्रमका सुदूरपश्चिम प्रदेश सभा सदस्य अक्कल रावल ,जिल्ला कमिटी अध्यक्ष लालबहादुर सोडारी,प्रदेश कमिटी सदस्य दुर्गा बडुवाल ,गाउँ कमिटी अध्यक्ष देविदत्त उपाध्याय हिमशिखर लगायतको उपस्थित रहेको थियो ।