४ पुस, धनगढी । कैलालीमा प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा धनगढी उप-महानगरपालीका-२ मिलन चोकबाट लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले धनगढी उप-महानगरपालीका-८ बस्ने १८ वर्षीय शैलेस चौधरी र २४ वर्षीय संदिप श्रीवास्तबलाई पक्राउ गरिएको जानकारी दिए ।