Badikedar Khabar

अत्तरियामा गुडिरहेको ट्रकमा आगलागी

धनगढी, ४ पुस  । कैलालीको अत्तरियामा गुडिरहेको ट्रकमा आगलागी भएको छ । दाङवाट सिमेन्ट बोकेर धनगढी तर्फ आउदै गरेको सुपप्र ०२- ००१- ख ११५९ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको हो ।

चिसोका कारण ब्रेकमा समस्या आएपछि ट्रकको पछाडीको टायरमा आगलागी भएको हो । चिया खानका लागि बिच बाटोमा रोकेका बेला कुनै समस्या नभएपनि अत्तरिया पुग्दै गर्दा गन्ध आउन थालेपछि रोक्ने बेला टायरमा एक्कासी आगलागी भएको ट्रक चालक पदमराज जोशीले बताए ।

आगलागी हुने बित्तिकै अत्तरियाको पूर्व रोडमा आसपसका स्थानियहरुले पानी हालेर आगो नियन्त्रणमा लिने प्रयास गरे । पछि गोदावरी नगरपालिकाको दमकल बोलाइएको थियो ।

गोदावरी नगरपालिकाको दमकल सहित प्रहरी र स्थानियहरुले आगो नियन्त्रणमा लिएका हुन् । टायरमा आगलागी भएपनि ट्रकमा अन्य भागमा भने क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...