Badikedar Khabar

सर्वदलीय बैठकमा एमसिसीबारे छलफल

बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा एमसिसीबारे छलफल भएको छ। एमसिसीलाई अगाडि बढाउने कि के गर्ने भन्ने बारेमा आज छलफल भएको हो।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकमा एमसिसीबारे छलफल भएको बताए। एमसिसीबारे थप छलफल गर्ने तयारी रहेको पनि उनले बताए।  ‘एमसिसीबारे दलका नेताहरूले आफ्ना धारणा राख्नुभयो, केही आशंका पनि आए,’ मन्त्री कार्कीले भने, ‘निरन्तर छलफल गरेर एमसिसीबारे निष्कर्षमा पुग्छौं।’

कार्कीका अनुसार सर्वदलीय बैठकमा एमसिसीबारे व्यापक छलफल भएको थियो।

आजको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता उपस्थित भएका थिएनन्।

साथै एमालेले ससंसद निरन्तर रूपमा अवरूद्ध गर्दै आएकोमा पनि सर्वदलीय बैठकमा छलफल भएको थियो। एमालेलाई संसद सुचारू गर्न सरकारले आग्रह गरेको मन्त्री कार्कीले बताए।

याे पनि हेर्नुस्
Loading...