Badikedar Khabar

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताः लुम्बिनी र प्रदेश १ सेमिफाईनलमा

धनगढी, ०४ पुस 

। लुम्बिनी प्रदेश र प्रदेश नम्बर १ धनगढीमा भईरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् । समुह ए तर्mका आफ्ना दुबै खेलमा जित हात पार्दै लुम्बिनी र प्रदेश १ अन्तिम चारमा पुगेका हुन् । प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १० विकेटले हरायो भने प्रदेश १ ले वागमति प्रदेशलाई रनले हरायो ।

लुम्बिनी र प्रदेश १ अन्तिम चारमा
लुम्बिनी प्रदेश कैलालीको धनगढीमा भईरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा जित हात पार्दै लुम्बिनी प्रदेश सेमिफाईनलमा प्रवेश गरेको छ । लुम्बिनीले कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । टस जितेर पहिले ब्याटिङ गर्दै कर्णाली प्रदेशले हुस्सु र सितलहरका कारण ६ ओभरमा खेलाईएको खेलमा १७ रन बनायो । कर्णालीले निर्धारित ६ ओभरमा ३ विकेट क्षतिमा १७ रन बनायो । कर्णालीका लागि कप्तान आयुशा टण्डनले ७ रन र दिक्षा पुरीले अविजित ७ रन बनाईन् । लुम्बिनी प्रदेशका लागि सुस्मिता भुषालले २ र नेरी थापाले एक विकेट लिईन् । कर्णाली प्रदेश यसअघि भएको खेलमा प्रदेश १ बाट ६ रनमा अलआउटमा भएको थियो ।

jnhit

कर्णाली प्रदेशले दिएको १८ रनको लक्ष्य लुम्बिनीले विना विकेट क्षति पुरा गर्यो । ३ दशमलव १ ओभरमा कुनै विकेट नगुमाउँदै लुम्बिनीलाई सानदार जित दिलाउन लक्ष्मी चौधरीले १२ रन बनाईन् । लुम्बिनीका लागि नेरी थापाले ५ रन बनाईन् । खेलमा दुई विकेट लिएकी लुम्बिनी प्रदेशकी सुस्मिता भुषाल प्लयर अफ द म्याच भईन् ।

प्रदेश नम्बर १ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम चारमा पुगेको छ । दोस्रो दिनको दोस्रो खेलमा बागमति प्रदेशलाई ५५ रनले हराउँदै प्रदेश नम्बर १ सेमिफाईनल पुगेको हो ।

टस जितेर पहिले ब्याटिङ गर्दै प्रदेश नम्बर १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११४ रन बनायो । प्रदेश नम्बर १ का लागि अप्सरी वेगमले अविजित अर्धशतकीय पारी खेलिन् । ६२ वलको सामना गरेकी उनले ५१ रन बनाईन् । त्यस्तै स्मृति कटुवालले २० र सबनभ राईले १५ रन बनाईन् । वागमति प्रदेशका लागि अस्मिना कर्माचार्य र खुशी डंगोलले दुई दुई विकेट लिईन् ।

११५ रनको विजय लक्ष्य पछ्याएको वागमति प्रदेश ओभरमा सबै विकेट गुमाउँदै रनमा समेटियो । वागमतिका लागि सुमन खतिवडाले प्रतियोगिताको पहिलो छक्का सहित २१ रनको पारी खेले पनि टीमलाई जिताउन सकिनन् । कप्तान अस्मिना कर्माचार्यले १० रन बनाउनु वाहेक अन्य खेलाडीहरुले दोहोरो रन अंक छुन सकेनन् । वागमतिका ५ जना खेलाडी रनआउट भए । कप्तान रुविना क्षेत्री, ज्योती डनुवार र अलिशा खाडियाले एक एक विकेट लिईन् । खेलमा अर्धशतकीय पारी खेलेकी प्रदेश १ की अप्सरी वेगम प्लेयर अफ द म्याच भईन् ।

sugag
याे पनि हेर्नुस्
Loading...