कैलाली मोहन्याल
लिलाजङ्ग शाही

सुदुरपश्चिम प्रदेश सरकार तथा सामाजिक बिकास मन्त्रालयको पहलमा जिल्ला स्वास्थ्य कार्यालय कैलाली मार्फत कैलाली मोहन्याल गाउँपालिका वडा नम्बर ४ रहेको पन्डौन स्वास्थ्य चौकि खिमडीलाई एम्बुलेन्सको हस्तान्तरण गरेको छ ।
मोहन्याल गाउँपालिका वडा नम्बर ४ रहेको पन्डौन स्वास्थ्य चौकि खिमडीलाई आज एक कार्यक्रम बिच गाउँ पालिकाका कार्यवाहक अध्यक्ष पुजा देवि बुढामगर लाइइ सुदूरपश्चिम प्रदेस सरकारका सामाजिक बिकास मन्त्री लालबहादुर खड्का ले एम्बुलेन्सको साचो दिएर हस्तान्तरण गर्नु भएको थियोे ।उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र मोहन्याल गाउँ कमिटी का अध्यक्ष तथा वडा नम्बर २ का वडा अध्यक्ष देविदत्त उपाध्याय ,वडा नम्बर ४ का वडा अध्यक्ष तथा नेकपा एकीकृत समाजबादी का जिल्ला कमिटी सदस्य टेकबहादुर बोगटि लगायत को उपस्थिति रहेको थियोे ।
महेन्द्र राजमार्ग बाट करिव ५२ किलोमिटर को दुरी र निकै बिकट क्षेत्र पन्डौन स्वास्थय चौकी रहेकोेले बिरामी लाई डोकोमा बोकेर सुखड पहल मानपुर र धनगढी ,नेपालगन्ज सम्म पुर्याउन का लागि समस्या रहेको भन्दै उक्त एम्बुलेन्स माग गरीएको थियो ।
२०७५ सालमा पुर्व सामाजिक बिकास मन्त्री दीर्घ सोडारीको कार्यकाल प्रदेश सभा सदस्य नन्द बहादुर साउद सङ्गको समन्वयमा मोहन्याल गाउँ पालिकाले एम्बुलेन्स मागे गरेको थियो ।
कार्यक्रमा बोल्दै गाउँपालिका उपाध्यक्ष पुजा देवि बुढामगरले आफुले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाले देखि आफू निरन्तर पहल भएको र पन्डौन स्वास्थ चौकी खिमडी लाई सामाजिक बिकास मन्त्रालयले एम्बुलेन्स उपलब्ध गराएकोले बिरामी लाई डोकोमा बोकेर अस्पताल सम्म लैजान समस्याको अन्त्य भएको पुजा देवि बुढामगरले बताउनुभयो ।
