Badikedar Khabar

डोटीमा प्रादेशिक बायोमेडिकल कार्यशालाकाे उद्घाटन

डोटी – डोटीमा प्रादेशिक बायोमेडिकल कार्यशालाकाे उद्घाटन गरिएको छ । दिपायल सिलगढी नगरपालिका- ४ राजपुरमा रहेको सेती सभाहलमा प्रादेशिक बायोमेडिकल राखिएको हो ।

बायोमेडिकल सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले बायोमेडिकलकाे स्थापना गरेको हो ।

संघीय राजधानी बाहिर स्थापना भएको यो पहिलो बायोमेडिकल प्रयोगशाला हो । मुख्यमन्त्री भट्टले यसको व्यवस्थापन र दक्ष जनशक्तिका लागि प्रदेश सरकारले बजेटको कमी हुन् नदिने बताए । सुदूरपश्चिम लगायत छिमेकी प्रदेश समेत यसबाट लाभान्वित हुने उनले बताए ।

मर्मत सम्भारको अभावमा थन्किएका स्वास्थ्य सामग्रीहरू अबदेखि बायोमेडिकल कार्यशालामा मर्मत हुने स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले बताए। बायोमेडिकल सञ्चालनका लागि आवश्यक जनशक्तिको पनि व्यवस्था गरिएको उनले जानकारी दिए ।

याे पनि हेर्नुस्
Loading...