बझाङ , बझाङमा नेकपा एमालेका तत्कालीन पार्टी अध्यक्ष दिलबहादुर सिंहसहित १९ जना जनप्रतिनिधिहरुले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । आज जिल्ला निर्वाचन कार्यालयमा पुगेर केदारस्युँ गाँउपालिका अध्यक्ष इन्द्रबहादुर भण्डारीको नेतृत्व सहितको टोलीले नेकपा एकीकृत समाजवादी पार्टीलाई रोजेको हो ।
केदारस्युँ गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारी, गाउँपालिकाका उपाध्यक्ष निशा धामी, वडा नम्बर ८ का वडा अध्यक्ष गणेशबहादुर बोहरा, वडा नम्बर २ का वडा अध्यक्ष चक्रबहादुर लुहार विक, वडा नम्बर ३ का वडा अध्यक्ष वीरबहादुर खाती र वडा नम्बर ५ का वडा अध्यक्ष काशीराम धामीले जिल्ला निर्वाचन कार्यलयमा पुगेर नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गर्नु भएकाे हाे ।