डोटी: दिपायल सिलगढी नगरपालिका वडा नम्वर ८ लडागडा को सुनादेवि माध्यमिक विद्यालय को प्राङ्गणमा अन्तर विद्यालय स्तरिय अतिरिक्त क्रियाकलाप तथा पढाई मेला सम्पन्न भएको छ।

हामिले सोचेको शिक्षा ,वालवालिकाको गन्तव्यको लक्ष्य, बालबालिका भविष्यका कणर्धार हुन उहाँहरुका इच्छा अनुसार शिक्षा प्रदान गर्नु अभिभावकको दाइत्व भयकोले शिक्षा प्रदान गर्न पछि नपर्नु होला हामि ताइहरुकै माझमा यसरि निरन्तर छौ कार्यक्रम का विशिष्ट अतिथि समेत रहेका गुड नेवर्स इन्टरनेट नेपाल डोटि जिल्ला संयोजक रन्जित चौधरीले बताए ।
विधार्थीको आन्तरिक मुल्यांकन र पढाईमा अझै सर्वाङ्गीण विकाशमा सहयोग पुगौस,उनिहरुले आफ्नो सो(मुल्यांकन गरि पढाईमा सुधारको अपेक्षा राख्नु भन्ने उद्देश्यले उक्त कार्यक्रम संचालन गरेको सामुदायिक विकास केन्द्र डोटि अन्तरगत सामुदायिक विकास परियोजना का शिक्षा बिकास अधिकृत एकराज वडुले बताए ।
राम्रो पढाई,राम्रो सिकाइ परियोजना अन्तर्गत अन्तर विद्यालय स्तरिय अतिरिक्त क्रियाकलाप तथा पढाई मेलामा परियोजना लागुभएका दिपायल सिलगढी नगरपालिकाको ७ नम्वर र ८ नम्वर वडाका आधारभुत बिध्यालय वडानम्वर ७ का केदारेश्वर,दुर्गा,अरुणदय आधारभुत विध्यालय र वडानम्वर ८ का सुनादेवि, सरस्वती,तेडिस्थान,तेडि,मस्टेस्वर,चौउडलेस्वर आधारभुत विध्यालय को सहभागीतामा अन्तर विध्यालय हाजिरी जवाफ,चम्चादौड,नाच, शिक्षा सम्बन्धी एकल गित र अभिभावक विच घैंटोफोड, घुमने कुर्सी लगायतका खेलविच प्रतिस्पर्धा गराइ पुरस्कार तथा सम्मान गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापनका समितिका अध्यक्ष पदम साउदको अध्यक्षतामा दिपायल सिलगढी नगरपालिकाका नगर उप(प्रमुख शिवराज खड्काको प्रमुख आतिथ्यतामा, विशिष्ट अतिथि वडा अध्यक्ष रामवहादुर खड्का, नगरपालिका शिक्षा प्रमुख चक्र कुन्जेडा ,विधालयका प्र।अ नवराज पाठक लगायत समाजसेवी,अभिभावक,विध्यार्थी,शिक्षक लगायतको उपस्थित रहेको थियो ।
