Badikedar Khabar

धनगढी विमानस्थल वरपरको जग्गामा रेखाङ्कन गरिएपछि स्थानीय आन्दोलित

धनगढी, ५ पुस । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ को अधिकांश जग्गामा रेखाङ्कनसहित पिल्लर गाढिएपछि स्थानीय आन्दोलित भएका छन्। अहिले विमानस्थल कायम रहेको क्षेत्रभित्र पूर्वपट्टीको सम्पूर्ण जग्गामा रेखाङ्कन गरिएपछि उनीहरु सोमबार आन्दोलनमा उत्रिएका हुन्।

jnhit

उनीहरु अहिले नारबाजीसहित विमानस्थल जान लागेका छन्। यसअघि उनीहरुले के–गर्ने भनेर छलफल समेत गरेका थिए। धनगढी विमानस्थलका लागि जग्गा अधिग्रहण गर्ने विषय विगतदेखि नै चर्चामा छ। तर पछिल्लो पटक जग्गा कब्जा गर्ने नियतले रेखाङ्कन गरिएको स्थानीयको गुनासो छ।

जग्गाको कारोबारीले सरकारले दिने मुआब्जाभन्दा सस्तोमा स्थानीयसँग जग्गा खरिद गर्ने नियतका कारण रेखाङ्कनसहित पिल्लर गाढिएको आशंका गेटाका स्थानीय लोकराज भट्टको छ।

गेटा विमानस्थलका प्रमुख रामकृष्ण भट्टले प्रधिकरणको तर्फबाट कुनै पनि काम सुरु नभएको बताएका थिए। जग्गा अधिग्रहण हुने चर्चाकै कारण विगतदेखि नै हैरानी खेप्दै आएका स्थानीय अहिले थप त्रसित भएका छन्।

sugag
याे पनि हेर्नुस्
Loading...