Badikedar Khabar

अब म प्रवक्ताका रूपमा भन्दा पनि महामन्त्रीमा छु: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रवक्ताभन्दा पनि अब पार्टी महामन्त्रीका रूपमा अगाडि बढ्ने बताएका छन्। शर्मकाअनुसार पार्टीले छिट्टै नयाँ प्रवक्ता तोक्नेछ।

jnhit
शर्मा १४ औं महाधिवेशनबाट महामन्त्री पदमा निर्वाचित भएका थिए। उनको पदभार ग्रहण भने बाँकी नै छ।

काठमाडौंमा आज पत्रकारहरूसँग कुराकानी गर्दै शर्माले आफू अब प्रवक्ताको भूमिकाबाट स्वत: ओझेल पर्ने र महामन्त्रीले गर्नुपर्ने काम गर्नतर्फ केन्द्रित रहने बताए।

उनले नयाँ प्रवक्ता छिट्टै पार्टीले नियुक्त गर्ने पनि बताए।
sugag
याे पनि हेर्नुस्
Loading...