Badikedar Khabar

बैतडी : राष्ट्रिय युवा संघ पाटनको अध्यक्षमा बिष्ट, किसान महासंघको अध्यक्षमा ऐर

बैतडी –vनेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको पाटन नगरस्तरीय कमिटि गठन गरिएको छ । सोमबार भएको प्रथम नगर अधिवेशनले गणेश बिष्ष्टको अध्यक्षतामा ३९ सदस्यीय नगरकमिटि गठन गरेको एमालेका जिल्ला कमिटि सचिवालय सदस्य लोकेन्द्र भण्डारीले बताए ।

सो कमिटिको उपाध्यक्षमा गणेश महरा, सचिवमा किरण चन्द, सहसचिवमा मदन बिजले,कोषाध्यक्षमा राजु बिष्ट लगायत अन्य सदस्यहरु रहेका छन् ।

यस्तै बंशी ऐरको अध्यक्षतामा अखिल नेपाल किसान महासंघको पनि नगर कमिटि पनि गठन गरिएको छ । सो कमिटिको उपाध्यक्षमा जयलाल पाण्डे, सचिवमा भानीराम लुहार, सहसचिवमा दिलराज भट्टराई, कोषाध्यक्ष पार्वती भट्ट लगायत अन्य सदस्यहरु रहेका छन् ।

कमिटि गठन गर्ने क्रममा नेकपा एमालेका प्रदेश कमिटि सदस्य नरेश विक, राष्ट्रिय युवा संघका केन्द्रिय सचिव बिष्ना चन्द, राष्ट्रिय युवा संघका प्रदेश अध्यक्ष सन्तोष जोशी, एमालेका जिल्ला कमिटि सचिवालय सदस्य लोकेन्द्र भण्डारी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

याे पनि हेर्नुस्
Loading...