कैलाली – सुदूरपश्चिममा बोर्डको कार्यालय स्थापना भएको छ । पर्यटन बोर्ड स्थापना भएको २२ वर्षपछि सुदूरपश्चिममा बोर्डको कार्यालय स्थापना भएको हो । आज धनगढीमा नेपाल पर्यटन बोर्डको सुदूरपश्चिम प्रदेश कार्यालयको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उदघाटन गरेका हुन् ।
यसअघि बोर्डको नेपालगञ्जमा रहेको क्षेत्रीय सम्पर्क कार्यालयले सुदूरपश्चिममा समेत बोर्डको कामकारबाही हेर्ने गरेको थियो।