Badikedar Khabar

सुदूरपश्चिम प्रदेशका २७ जना कृषकहरुलाई भीमदत्त कृषि पुरस्कार

डोटी – सुदूरपश्चिम प्रदेश सरकारले व्यवसायिक कृषकहरुलाई पुरस्कृत गरेको छ। प्रदेशका एक जना कृषकलाई भीमदत्त सर्वोउत्कृष्ट पुरस्कार, चार जनालाई प्रदेश स्तरीय भीमदत्त उत्कृष्ट पुरस्कार र २७ जनालाई जिल्ला स्तरीय भीमदत्त उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयले व्यवसायिक कृषिमा आबद्ध किसानहरुलाई पुरस्कृत गरेको हो । सोमबार एक कार्यक्रमका बीच कृषकहरुलाई नगद, दोसल्ला र सम्मान–पत्र सहित सम्मान गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरूबाट प्रति जिल्ला ३ जना व्यवसायिक कृषक छनोट गरी जम्मा २७ जनालाई जिल्ला स्तरीय भीमदत्त उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको हो । जिल्ला स्तरीय उत्कृष्ट पुरस्कार पाउने २७ जनाले २५ हजार नगद सहित सम्मान –पत्र प्राप्त गरेका छन्।

जिल्ला स्तरीय उत्कृष्ट पुरस्कार प्राप्त गर्ने २७ जना कृषकहरु मध्यबाट नै एक जनालाई भीमदत्त सर्वोउत्कृष्ट कृषि पुरस्कार र ४ जनालाई प्रदेश स्तरीय उत्कृष्ट पुरस्कार वितरण गरिएको कृषि विकास निर्देशनालयले जनाएको छ।

भीमदत्त सर्वोउत्कृष्ट कृषि पुरस्कारबाट पुरस्कृत हुने एक जनालाई एक लाख ५० हजार नगद, दोसल्ला सहित सम्मान–पत्र प्रदान गरिएको छ । त्यस्तै प्रदेश स्तरीय भीमदत्त उत्कृष्ट पुरस्कार प्राप्त गर्ने चार जना कृषकलाई प्रति व्यक्ति ७५ हजार नगद, दोसल्ला सहित सम्मान–पत्र प्रदान गरिएको कृषि ज्ञानकेन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए । सर्वोउत्कृष्ट र प्रदेश स्तरीय उत्कृष्ट पुरस्कार प्राप्त गर्ने पाँच जना कृषकले जिल्ला स्तरीय उत्कृष्ट पुरस्कार समेत हात परेका हुन ।

जिल्ला स्तरीय उत्कृष्ट पुरस्कार सम्बन्धित जिल्लामा वितरण गरिएको हो भने सर्वोउत्कृष्ट र प्रदेश स्तरीय उत्कृष्ट पुरस्कार सोमबार दिपायल आयोजित कार्यक्रममा प्रदान गरिएको हो । पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री, कृषि मन्त्री, सामाजिक विकास मन्त्री लगाएतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

कृषको मेहनतको सम्मान गर्दै कृषको उर्जा बढाउन र उनिहरुलाई कृषिमा लाग्न प्रोत्साहन गर्ने उद्येश्यले पुरस्कारको व्यवस्था गरिएको कृषि विकास निर्देशनालयका प्रमुख यज्ञराज जोशीले बताए । किसान नेता एवं सहिद भीमदत्तका नामबाट स्थापना गरिएको उक्त पुरस्कार हरेक वर्ष प्रदान गरिने उनले बताए ।

प्रदेश सरकारले युवा व्यवसायीहरुलाई कृषिमा जोड्न र स्वरोजगार बनाउँन कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले व्यवसायीक रुपमा कृषि खेती गरिरहेका कृषकहरुले पनि साना किसानहरुलाई माथी उठाउन सक्ने बताए । सुदूरपश्चिम प्रदेशलाई कृषिमा आत्मनिर्भन बनाउन कृषक केन्द्रीत विभिन्न कार्यक्रमहरु लागु गरिएको उनको दावी छ ।

भीमदत्त नगरपालिका – १० कञ्चनपुरका पूर्ण सिंह साउदले (केरा खेती) सर्वोत्कृष्ट भीमदत्त पुरस्कार प्राप्त गरेका छन् । गन्यापधुरा गाउँपालिका – १ डडेलधुराका दत्तराम अवस्थी (पोली हाउसमा तरकारी खेती) , शुक्लाफाँटा नगरपालिका – १० कञ्चनपुरका रमेश बहादुर धानुक (गाई पालन), जोरायाल गाउँपालिका – १ डोटीका खडक बहादुर मल्ल (तरकारी खेती) र आलिताल गाउँपालिका – ७ डडेल्धुराका शोभा कुमारी बोहरा (बाख्रा पालन ) ले प्रदेश स्तरीय भीमदत्त उत्कृष्ट कृषि पुरस्कार प्राप्त गरेका छन् ।

जिल्ला स्तरीय भीमदत्त उत्कृष्ट पुरस्कार तपसिलका कृषकहरूले प्राप्त गरेका हुन् ।
कञ्चनपुर
पूर्ण सिंह साउद
गणेश बहादुर चन्द
रमेश बहादुर धानुक
बझाङ
कुम्भराज भण्डार
सत्यदेवी राना
प्रकाश खत्री
डडेल्धुरा
दत्तराज अवस्थी
शोभा कुमारी ओझा
लक्ष्मीदत्त भट्ट
दार्चुला
वविन्द्र धामी
महाकाली पशुपंक्षी फर्म
धमला बहु उद्येश्यीय फर्म
बाजुरा
हर्क नाथ
डबल बहादुर रोकाया
राम बहादुर धामी
अछाम
देवेन्द्र साउँद
जनकराज अधिकारी
नरेन्द्र साउँद
डोटी
खडक बहादुर मल्ल
देवकी कुमारी दियाल (महरा)
विस्ना देवी अवस्थी
कैलाली
लक्षीराम आचार्य
चक्र बहादुर बटाला
डिल्लीराज जोशी
बैतडी
कलावती भट्ट
किसन ..
बसन्ती जोशी

याे पनि हेर्नुस्
Loading...