बैतडी : पञ्चेश्वर गाउँपालिकामा अनतरपालिका स्तरिय भलिबल प्रतियोगिता सुरु भएको छ । चौथो अध्यक्षकप भलिवल प्रतियोगितालाई यसवर्ष जिल्ला स्तरीय खुल्ला पुरुष (अन्तरपालिका) भलिबल प्रतियोगिता भनी आयोजना गरिएको छ ।
आफ्नो पालिकाका खेलाडीहरु पालिकामामात्र सिमित नभई अन्तरपालिका या जिल्लाका सबै टिम संग प्रतिस्प्रधा गर्न सकुन भनेर पालिका स्तरमामात्रै सिमीत नराखी जिल्ला स्तरिय (अन्तरपालिका) खेलको आयोजना गरेको गाउँपालिका अध्यक्ष गोरख वहादुर चन्दले बताउनु भयो ।
प्रतियोगिताको उदघाटन शुदूरपश्चिम प्रदेस सभा सदस्य लिलाधर भट्टले गर्नु भएको थियो । प्रतियोगिता पुस ८ गते सम्म संचालन हुने भएको छ ।
खेलको उदघाटनमा आयोजक पञ्चेश्वर र शिवनाथ विच खेल भएको थियो । शिवनाथले आयोजक टिमलाई हराएको पञ्चेश्वर खेलकुद समितिका अध्यक्ष हितेस चन्दले जानकारी दिनु भयो ।
प्रतियोगिताको प्रथम पुरुस्कार १ लाख १० हजार १०१ रुपैया, कप मेडल र प्रमाण्पत्र प्रदान गरिने छ । दितिय पुरुस्कार ७५ हजार १०१ रुपैया कप मेडल र प्रमाणपत्र, तृतिय पुरुस्कार ५० हजार १०१ रुपैया कप मेडल र प्रमाणपत्र प्रदान गरिने खेल आयोजकले जानकारी दिएका छन् । जिल्ला भरीका जम्मा दश टिमले भाग लिएको आयोजकले जनाएको छ ।