Badikedar Khabar

डडेल्धुराको अमरगढी नगरपालिकामा आज सार्वजनिक बिदा

डडेल्धुरा,६ पुस

डडेल्धुरा जिल्ला समन्वय समितिका प्रमुख गणेश भट्टको निधनमा आज (मंगलबार) अमरगढी नगरपालिकाले सार्वजनिक बिदा दिइएको छ।

jnhit

भट्टको निधनमा शोक व्यक्त गर्दै मंगलबार  सार्वजनिक बिदा दिइएको नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझाले जानकारी दिए।

आज नगरमा अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण कार्यालय, शैक्षिक संस्था बन्द रहने छन्। ५० वर्षीय भट्टको बे्रन हेमरेजको कारण सोमबार निधन भएको थियो।

एक्कासि बेहोस भएपछि उनलाई गत २८ मंसिरमा उपचारका लागि काठमाडौं लगिएको थियो। अन्नपूर्ण अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। भट्ट कांग्रेसबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए।

sugag
याे पनि हेर्नुस्
Loading...