Badikedar Khabar

कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ

धनगढी,६ पुस

jnhit

कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी बल नेपाल नं ३५ गण हेडक्वाटर शैलेश्वरी मातहत फर्वाड बेश कार्गिलडाँडाबाट खटिएको टोलीले १३ ट्याबलेट नाइट्रोभेट-१० नामक लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको लालझाडी गाउँपालिका -१ बिनाबारीका अन्दाजी १९ वर्षीय अनिल राना, २० वर्षीय रविन्द्र बडायक र २३ वर्षीय नरेश राना रहेका छन्।
उनीहरुलाई भारतबाट नेपालतर्फ आउँदै गर्दा पुनर्वास नगरपालिका ४ कार्गिलडाँडाबाट पक्राउ गरिएको हो। उनीहरु सवार से३प ७५२५ नम्बरको मोटरसाइकल, मोबाइल ३ थान, लागुऔषधसहित तीनै जनालाई इलाका प्रहररी कार्यालय त्रिभुवनबस्ति बुझाइएको प्रहररीले जनाएको छ।

 

sugag
याे पनि हेर्नुस्
Loading...