जोशीपुर : कैलालीको जोशीपुर गाउँपालिका वडा नं ७ रहेको रघुनाथ आदर्श बहुमुखी क्याम्पस बौनीया ले १५ औ वार्षिकउत्सव मनाएको छ। क्याम्पस ब्यबस्थापन समिति अध्यक्ष विर बहादुर हमाल को सभाअध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य बुद्धी सागर चौधरी रहेका थिए भने बिशेष्ट अतिथि जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरी, शिक्षा शाखा प्रमुख संग्राम सिह धामी, वडा नं ७ वडा अध्यक्ष जंग बहादुर डगौरा लगायत को सहभागिता रहेको थियो।
सहायक क्याम्पस प्रमुख राम नाथ चौधरी को स्वागत मन्तव्य संगै शुरु भएको कार्यक्रममा जेहेन्दार विद्यार्थी, तथा क्याम्पस मा योगदान दिएका संघ संस्था ,व्यक्तिहरुको सम्मान गरिएको थियो। कार्यक्रम सञ्चालन क्याम्पस का प्राध्यापक डिल्ली राज ओझाले गरेका हुन्। जोशीपुर गाउँपालिका एक मात्रै क्याम्पस ले ग्रामीण क्षेत्रमा शिक्षा मा योगदान पुर्याउदै आएको छ।