Badikedar Khabar

लिटल फ्लावर प्रिमियर लिगको हस्पिटल पार्टनर सारथि अस्पताल

माघ अन्तिम साताबाट धनगढीमा आयोजना हुने विद्यालय स्तरको राष्ट्रिय क्रिकेट प्रतियोगिता ‘लिटल फ्लावर प्रिमियर लिग ६’ को हस्पिटल पार्टनरका रूपमा सारथि अस्पताल प्रा।लि। धनगढी रहने भएको छ । आयोजक लिटल फ्लावर स्पोटर्स एन्ड इभेन्टस् र सारथि अस्पताल प्रा।लि। धनगढी बिच आज उक्त सम्झौता भएको हो ।
धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अस्पतालका तर्फबाट सञ्चालक डा। नीरज पन्त र आयोजकका तर्फबाट लिटल फ्लावर स्पोटर्स एन्ड इभेन्टस्का अध्यक्ष रामचन्द्र शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा लिटल फ्लावर प्रिमियर लिग९एलपीएल०को छैटौँ संस्करण माघ अन्तिम साताबाट सञ्चालन हुने छ । लिटल फ्लावर स्पोस्टर्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले कोरोना महामारीबाट विश्व नै प्रभावित बनेको भए पनि विद्यालय स्तरका खेलाडीको खेल क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आगामी संस्करणलाई निरन्तरता दिइने बताए ।
‘ग्रास रुटको क्रिकेटलाई चलायमान बनाउन अति जरुरी बनेको हुनाले पनि हामीले आउँदो संस्करणलाई निरन्तरता दिनुपर्ने बाध्यतालाई स्वीकार गरेका हौँ ।’ उनले भने, ‘कोरोनाले आर्थिक क्षेत्र नराम्ररी प्रभावित बनेको त छ नै तर पनि हामीले सुरु गरेको अभियानलाई सकेसम्म ओझेलमा पर्न दिनु हुन्न भनेर यसलाई निरन्तरता दिने प्रयास गरिएको हो ।’
प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय स्तरीय टिमको सहभागिता रहने शाहीले बताए । लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ पोलमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन् । प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपी सिंह धामीले बताए । त्यस्तै आसन्न संस्करणबाट प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्लेयर अफद म्याच, गेम चेन्जर र सर्बाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने छ
प्रतियोगिताको प्रत्येक खेलका प्लेयर अफ द म्याचको पुरस्कार राशि धनगढीमा रहेको गुरुजी सटिङ्ग एन्ड सुटिङले प्रायोजन गरेको छ । प्रतियोगिताको एजुकेसन पार्टनरको रूपमा कैलालीको लम्कीमा रहेको कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल रहेको छ भने केक पार्टनरको रूपमा आँगन केक्स धनगढी रहेको छ ।

याे पनि हेर्नुस्
Loading...