Badikedar Khabar

सुदूरपश्चिमका ४५ जनाले रेडियोग्राफरले पाए विकरण सुरक्षा सम्बन्धि तालिम

डोटी- सुदूरपश्चिमका स्वास्थ्यकर्मीहरुले विकरण सुरक्षा सम्बन्धि तालिम प्राप्त गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत एक्सरेमा काम गर्ने ४५ जना बढी रेडियोग्राफरले तालिम लिएका हुन् ।

सोमबार देखि दिपायलमा सञ्चालन भएको तालिमको मंगलबार समापन गरिएको हो । तालिममा सुदूरपश्चिमका सबै जिल्लाहरुमा कार्यरत रेडियोग्राफरको सहभागिता रहेको थियो ।

तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले पछिल्लो समय सुदूरपश्चिम तथा देशको स्वास्थ्य क्षेत्रमा सुधार भएको बताए । स्वास्थ्य क्षेत्रको सुध्रिदो अववस्था र नविनतम प्रविधिको विकाससँगै जोखिमका बीच काम गर्ने रेडियोग्राफरले आफु र प्यासेन्टलाई विकरणबाट जोगाउन सुरक्षा सावधानी अपनाउनु पर्ने बताए । उनले रेडियोग्राफरका लागि अझै नविनतम प्रविधि र विकरण सम्बन्धि एड्भान्स तालिमहरुको आयोजना गर्न सुझाब दिएका थिए ।

तालिममा सिकेका आधारभुत कुराहरु स्वास्थ्यकर्मीहरुले व्यवहारमा प्रयोग गरे आफु र विरामीलाई विकरणबाट हुने नोक्सानीबाट बचाउन सकिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सचिव सुरेश आचार्यले बताए । मन्त्रालयले विकरण सुरक्षा सम्बन्धि मापदण्ड निर्माण गरी लागु गर्न लागेको जानकारी दिदै उनले भने,‘एक्सरे, स्क्यान रहरले नभै बाध्यताले गर्ने हो । विकरण पठायर स्क्यान गर्नुपर्ने जटिल अवस्था वाहेक अन्य बेला गर्न उपयुक्त हुँदैन ।’ सचिव आचार्यले एक्सरे सिटि स्क्यान जस्ता मेसिन चलाउँदा आफ्नो र प्यासेन्टको स्वास्थ्यको विशेष ध्यान दिएर सजगता अपनाउन आग्रह गरेका थिए ।   कार्यक्रमका सहभागिहरुले स्वास्थ्यमा कार्यरत अन्य व्यक्तिहरुका लागि पटक–पटक तालिमको व्यवस्था हुने गरेको र आफुहरुले तालिम नपाउने गरेको गुनासो गरे । उनिहरुले आगामी दिनमा यसै गरि तालिमको आयोजना गरिदिन माग गरेका छन् । तालिमबाट विकरणका कारण स्वास्थ्यकर्मी तथा बिरामीमा पर्ने असर र सुरक्षा सम्बन्धि महत्वपूर्ण जानकारी प्राप्त भएको सहभागिले बताए ।

याे पनि हेर्नुस्
Loading...