डोटी ,
डोटी जिल्लामा ३ दशक भन्दा बढी समय देखि क्रियाशिल रहेको समाजसेवा डोटी नामक गैरसरकारी संस्थाले डोटीको सिलगढीमा सृजनशिल युवाहरुका लागी नेतृत्वशिप विकास तालिम सुरु गरेको छ ।
संस्थाले स्वयमसेवी रुपमा संचालन गर्दै आएको युवा परिचालन कार्यक्रम अन्तरगत दिपलाय सिलगढी नगरपालिका क्षेत्रका १५ महिला र १५ पुरुष युवा गरि ३० जनालाई तालिम दिन थालेको उक्त कार्यक्रमका संयोजक शालीभान विष्टले बताए ।
तिन दिन सम्म संचालन हुने उक्त तालिम संस्थाको आफ्नै सिलगढी स्थीत तालिम हलमा संचालन गरिएको युवा संयोजक विष्टले बताए । नगर क्षेत्रमा रहेका युवाहरुको नेतृत्वशिप विकासमा टेवा पुर्याउने उदेश्यका साथ आफुहरुले तालिम संचालन गरेको उक्त संस्थाका अध्यक्ष विजय मल्ल श्रेष्ठले बताए ।