धनगढी उपमहानगरपालिकाकी उपमेयर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित बडिकेदार खबर प्रकाशित २०७८ पुष ७ गते, १२:३४ काठमाडाैं- कांग्रेस केन्द्रीय सदस्यमा सुशिला मिश्र भट्ट निर्वाचित भएकी छन् । भट्ट धनगढी उप-महानगरपालिकाकी उप – मेयर हुन् । जम्मा ४६७७ मत खसेकोमा उनले २४२२ मत पाइन् । ३१ मत बदर भएको थियो । उनी सुदूरपश्चिम महिला तर्फबाट निर्वाचित भएकी हुन् ।