Badikedar Khabar

धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ

jnhit

  कैलाली  , कैलाली प्रहरीले धनगढीबाट लागुऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको टोलीले मंगलबार राति १ बजे कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ का २७ वर्षीय दीपक विक र २१ वर्षीय राजेन्द्र कामीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई धनगढी उपमहानगरपालिका-३ बाट ४१ ट्याब्लेट नाइट्रोभेटसहित पक्राउ गरिएको हो । दुवै जनामाथि लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भइरहेको बताइएको छ ।

sugag
याे पनि हेर्नुस्
Loading...