Badikedar Khabar

सुदूरपश्चिमबाट माओवादीको राष्ट्रिय सम्मेलनका लागि १०२ प्रतिनिधि छनोट

धनगढी,७ पुष   ,नेकपा माओवादी केन्द्रको राष्टिय सम्मेलनका लागि सुदूरपश्चिम प्रदेशबाट १०२ जना प्रतिनिधि छनोटमा परेका छन्। यही पुष ११ गतेदेखि १३ गतेसम्म माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुँदैछ। बुधबारसम्म सो पार्टीका १०२ जना प्रतिनिधिको नाम टुंगिएको सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ।

अहिलेसम्म प्रदेश सम्मेलनबाट निर्वाचित ८४, राष्ट्रिय सम्मेलन आयोजक कमिटीका केन्द्रीय सदस्य १३ र केन्द्रीय प्रतिनिधि ५ जना छनौट गरिएको छ। पार्टीका केन्द्रीय सल्लाहकार, केन्द्रीय कम्युनिष्ट मञ्च, केन्द्रीय आयोग, केन्द्रीय बिभागहरुबाट प्रतिनिधि छनौट गर्न बाँकी रहेको र बिहीबारसम्म ती सबैको टुंगो लाग्ने बताइएको छ।

याे पनि हेर्नुस्
Loading...