Badikedar Khabar

परियोजना समीक्षा एवं हस्तान्तरण कार्यक्रम सम्पन्न

धनगढी ,,सन् २०१७ देखि २०२१ सम्म नेपाल रेडक्रस सोसाइटी बाजुरा जिल्ला शाखाद्वारा सञ्चालित बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रम परियोजनाको समीक्षा एवं हस्तान्तरण कार्यक्रम बुधवार सम्पन्न भएको छ ।

युनिसेफको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुरा शाखाद्वरा सञ्चालित त्रिवेणी नगरपालिकामा ४ बर्ष देखि लागु गरीएको कार्यत्रलमा एक कार्यक्रमका साथ नगरपालिकालाई हस्तान्त्रण गरीएको हो । विपद् जोखिम न्यूनीकरण र बालबालिकाको हकहितको लागी नगरपालिकामा तालिम गोष्ठी जनचेतना मुलक काम गदै आईरहेको थियो । हस्तान्त्रण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराका सभापति रमबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि त्रिवेणी नगरपालिकाकी उप प्रमुख राधिका देवि सुनार थिइन् । उनले बाल केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रमलाई नगरपालिकाबाट बजेट विनियोजन गरेरै भएपनि यस कार्यक्रमलाई निरन्तता दिईने बताईन् ।

‘कार्यक्रमले समाजमा राम्रो जनचेतना फैलाएको छ ।’ उनले भनिन् । विपद् जोखिम न्यूनीकरण सम्बन्धि होस वा बालबालीकाको सम्बन्धि होस कार्यपालीका बाट निणर्य गराएरै भएपनि कार्यक्रमलाई अगाडी बढाउने उनले बताईन् । त्येसैगरी कार्यक्रमा युनिसेफका प्रतिनिधि राजेश सारु मगरले यसै कार्यक्रमलाई निरन्तता दिन आफ्नो पहल रहने बताए । कार्यक्रममा कार्यपालीका सदस्य गंगा गीरी ,वडा नम्बर ४ का अध्यक्ष कालु साउद, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराका मन्त्री लगायतले मन्तब्य व्यक्त गरेका हुन् ।
कार्यक्रममा नगरपालिकाका कार्यालय निमित्त प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवी शाह, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराका मन्त्री, युनिसेफका प्रतिनिधि राजेश सारु मगर, परियोजना अधिकृत शिव प्रशाद सुवेदी, कैलाशमाण्डौ उपशाखाका सभापति, छतारा उपशाखाका सभापति, वडा अध्यक्ष ,कार्यपालिका सदस्य, बालक्लवका प्रतिनिधिहरु, कार्यालयका कर्मचारी लगायको उपस्थिति रहेको थियो ।

याे पनि हेर्नुस्
Loading...