नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन अझै अनिक्षित छ । वडादेखि केन्द्रीय महाधिवेशन सम्पन्न भइसके पनि जिल्ला अधिशवेशन हुन सकेको छैनन् ।
केन्द्रीय अधिवेशन जारी रहेकाले जिल्ला अधिवेशन कहिले हुन्छ भन्नेर ठ्याकै भन्न सकिने अवस्था नरहेको काँग्रेस कैलालीका अधिवेशन प्रचार प्रसार समिति संयोजक नृपबहादुर सुनारले बताए ।
‘पार्टीको केन्द्रीय महाधिवेशन प्रक्रिया सकिएपछि केन्द्रीय समितिको पहिलो बैठक बस्छ,’ उनले भने, ‘उक्त बैठक धन्यबाद ज्ञापन र शुभकामना अदानप्रदानमै सीमित होला । दोस्रो बैठकले केही एजेन्डा ल्यायो भने जिल्ला अधिवेशनको बारेमा केही आउला ।’
माघको दोस्रो सातासम्म अधिवेशन हुनसक्छ भन्ने अनुमान गर्न सकिने उनले बताए । अधिवेशन गर्न बाँकी रहेका जिल्लाहरुको अधिवेशन तोक्ने कार्य नयाँ कार्यसमितिले गर्ने उनले बताए ।
कैलाली जिल्ला सुदूरपश्चिम प्रदेश अधिवेशनको पनि आयोजक भएकाले समय अभावमा जिल्ला अधिवेशन रोकिएको थियो ।