Badikedar Khabar

कांग्रेस प्रदेश २ अधिवेशनमा दुई पक्षबीच कुटाकुट

धनुषा । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनस्थलमा दुई पक्षबीच कुटाकुट भएको छ । सभापतिका उम्मेदवार रामसरोज यादव र कृष्ण यादव पक्षबीच कुटाकुट भएको हो । आजै राति मतदान हुनुपर्ने पक्ष र विपक्षमा दुवै उम्मेदवारका समर्थकहरुले एक आपसमा विवाद गरेका हुन् ।

निर्वाचन समितिले दुई पक्षका प्रतिनिधि बोलाएर मतदानको विषयमा राखेको छलफलमा कृष्ण यादव पक्षले राति नै मतदान हुनुपर्ने अडान राखेका छन् भने रामसरोज यादव पक्षले बिहीबार मतदान गराउनु पर्ने अडान लिएका छन् । बैठकमा दुई पक्षले राखेको विषयमा अधिवेशन स्थलमा दुई पक्षका कार्यकर्ता कुटाकुट गरेका हुन् ।

निर्वाचन समितिले बोलाएको बैठकमा दुई पक्षबीच विवाद हुँदा मतदान अन्योलमा परेको निर्वाचन अधिकृत प्रल्हाद गौतमले बताए ।

याे पनि हेर्नुस्
Loading...