Badikedar Khabar

नेपाली कांग्रेसको दलिततर्फ केन्द्रीय सदस्यमा नृप वड सहित ९ जना निर्वाचित

jnhit

धनगढी,८पुष।  नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा समावेशी दलित तर्फबाट नौ जना निर्वाचित भएका छन्। नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत खुलातर्फ मानबहादुर नेपाली, प्रकाश स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मीकि निर्वाचित भएका छन्।
त्यस्तै, महिलातर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विश्वकर्मा निर्वाचित भएका छन्।खुलातर्फ निर्वाचित पाँचै जना नयाँ अनुहार हुन् भने महिलातर्फ शान्ति र रुपा नयाँ हुन् । खुलातर्फ निर्वाचित स्नेहीबाहेक सबै सभापति शेरबहादुर देउवा समूहका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य दलित ९खुल्ला० ५ सिटको लागि भएको चुनावको फाइनल नतिजा अनुसार मानबहादुर नेपालीले २२९७ मत पाएका छन्। यस्तै प्रकाश स्नेही २२२४, नृपबहादुर वड २१९५, हरिशरण नेपाली २०५२, मैकुलाल बाल्मीकीले १८९५ मत पाएका छन् ।

sugag
याे पनि हेर्नुस्
Loading...