प्रकाश थापा
डोटी नेपाल कम्युनिस्ट पार्टी डोटीको आयोजनामा शिखर नपा ७ न.वडाको लाटामाण्डौ डोटीमा १२९ औँ माओ दिवस भव्यताको साथ सम्पन्न भएको छ
सो कार्यक्रममा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी डोटीका सेक्रेटरी ध्रुव ओलीले माओ भनेको विश्व कम्युनिस्ट पार्टीको आदर्श भएकोले उहाँलाई सम्झी नरहि सक्ने र उहाँले देखाको बाटोमा आफ्नो पार्टी निरन्तर लागि रहेको र प्रतिबद्ध रहेको बताउनु भयो
अर्को प्रशंगमा उहाँले संसदिय व्यवस्था पूर्ण रुपमा असफल भैसकेको हुदा संयुक्त प्रगतिशिल सरकार गठन गरी जनमतसंग्रहमा जानु पर्ने र यसका लागि आम जनसमुदायहरु एकजुट भै सो उजागरण गर्न लागि पर्नु पर्ने बताउनु भयो ।
डोटी जिल्ला सचिवालय सदस्य तथा शिखर नपा इन्चार्ज विद्रोहीको अध्यक्षतामा,जिल्ला सेक्रेटरी ध्रुव ओलीको प्रमुख आतिथ्यता र अतिथीहरुमा जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्ष प्रकाश थापा,श्रम संगठन नेपाल जिल्ला संयोजक टेक लुहार,युवा संगठन नेपाल जिल्ला उपाध्यक्ष जंग कुवँर,अखिल(क्रान्तिकारी) जिल्ला सहसचिव गोविन्द महरा लगायतको उपस्थिती थियो भने कार्यक्रमको संचालन जिल्ला सदस्य कल्पना शाहीले गरेका थिए