Badikedar Khabar

मंसिर २७ गतेदेखी बेपत्ता ओलानीका मुकेश साउँद मृत फेला

धनगढी, १२ पुस । कैलालीको गोदावरी नगरपालिका वडा नं ११ ओलनीका एक युवक मृत फेला परेका छन् । घरवाट मिल जान्छु भन्दै गएको मंसिर २७ गतेदेखी बेपत्ता भएका अन्दाजी २० बर्षीय मुकेश साउँद मृत फेला परेका हुन् ।

jnhit

केही सुस्त मनस्थिती भएका साउँदको शव आईतबार गोदावरी ५ गेटामा सामुदायिक बनमा फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

१५ दिन देखी बेपत्ता साउँदको जाडोका कारण जंगलमै कट्याङ्ग्रीएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

उनको शव पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइएको जिप्रका मालाखेतीले जनाएको छ ।

sugag
याे पनि हेर्नुस्
Loading...