धनगढी,१२ पुस । नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि धनगढीका नागरिकले धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडलाई धनगढी विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

काँग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएपछि पहिलो पटक गृह क्षेत्र आएका वडलाई धनगढीका नागरिकले स्वागत गरेका हुन् ।विमानस्थलमा केन्द्रीय सदस्य वडलाई कोभिड हिरो भन्दै अबको सुदूरपश्चिमको उदयमान नेता भन्दै नारा लगाएका थिए । अब कैलालीको काँग्रेसको नेतृव सवल र सक्षम बनाउन भुमिका वडले खेल्ने समेत सहभागी कार्यकर्ताहरुले धारणा व्यक्त गरेका थिए ।
नेपाली काँग्रेसको १४ औँ अधिवेशनमा दलित तर्फ सर्वाधिक मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पहिलो धनगढी आएका हुन् । स्वतःस्फूर्त रूपमा विमानस्थलमा उपस्थित नेपाली काँग्रेस समर्थकहरूले नाराबाजी गर्दै मेयर वडको स्वागत गरेका थिए । मेयर वड २२४५ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका थिए ।
