Badikedar Khabar

सुदूरपश्चिम का पाहाडी जिल्ला मा गौरा विसर्जन

  सुदूरपश्चिमेलीहरुको महत्वपूर्ण तथा ठूलो पर्व गौरा आज विधिवत्रूपमा विसर्जन गरिएको छ। भाद्र कृष्ण पञ्चमीका दिनदेखि सुरु भएको गौरा पर्व आज विधिवतरुपमा बिस्तारै विसर्जन गरिएको जोरायल गाउँपालिका–५ की धर्मादेवी विष्टले जानकारी दिइन्।

jnhit

उनका अनुसार गड्सेरा, जोरायल, वाइल, दिपायल, मुडभारा, बर्छैन ,लानाकेदारेश्वर , चवारा चौतार लगायतका ठाउँमा बढी गौरा मनाइन्छ। पञ्चमीदेखि एक वा डेढ सातासम्म देवी पूजनसँगै देउडा खेलेर यहाँ गौरा पर्व मनाइने गरिए पनि यो वर्ष कोरोना भाइरसले खासै रौनकता नभएकाले छिट्टै विसर्जन गरिएको पण्डित डिल्लीराज जोशीले बताए।

उनले भने, “कोरोनाले यो वर्ष खासै गौरामा रौनकता भएन र हामीले भीडभाड पनि गरेनौँ, चाँडै विसर्जन गरिदियौँ। ” गौरा पर्वमा बढी भीडभाड नगर्न तथा समूह बनाएर देउडा नखेल्न स्थानीय प्रशासनले आग्रह गरेका कारण यहाँ गौरा पर्व चाडै विसर्जन भएको स्थानीयवासीहरु बताउँछन्।

sugag
याे पनि हेर्नुस्
Loading...