Badikedar Khabar

चितवन कांग्रेस सभापतिकालागि ६ जना भिड्दै

चितवन । नेपाली कांग्रेस चितवनको सभापति पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन् । यही पुस २७ गते जिल्ला अधिवेशन हुँदै छ । जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरेले सभापतिका लागि उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटेका छन् ।

 

jnhit

यसैगरि कांग्रेसको क्षेत्र नं २ का महाधिवेशन प्रतिनिधि राजेश्वर खनाल र क्षेत्र नं ३ का विजय भुषालले उम्मेदवारी घोषणा गरेर प्रचार अभियानमा जुटेका छन् । अधिकांश सभापतिका उम्मेदवार संस्थापन ईतर पक्षका छन्।

अधिबेशनका लागि जिल्ला भरिबाट दुई हजार ९ सय ६ क्षेत्रीय प्रतिनिधि यसअघि नै चुनि सकिएका छन् । जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार क्रियाशील सदस्यको आधारमा एउटा वडाबाट १६ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् ।

जिल्ला अधिवेशनवाट सभापतिसहित ५० जनाको चयन हुनेछ । महाधिवेशन अघि नै जिल्ला अधिवेशन हुने भनिए पनि विभिन्न कारण देखाउँदै निर्वाचन अधिकृतले राजीनामा दिएपछि निर्वाचन हुनसकेको थिएन ।

 

 

sugag
याे पनि हेर्नुस्
Loading...