डोटीजिल्लाको दिपायल सिलगढी नगरपालिका ८ लडागडा का अति बिपन्न ,असाय परिवार र जेष्ठ नागरिकहरुलाइ न्यानो कपडा बितरण गरिएको छ ।
लायन्स युवा कल्बको आयोजना,मा सहयोगी मन तथा व्यापारी लक्ष्मण खड्काको सहयोग र नेपाली कांग्रेस डोटी का जिल्ला उप सभापति विजय खड्का को अनुरोधमा जिल्लाका आठ सय परिवारलाई १५ सय बराबर को प्रत्येक ब्यक्तिलाई १र१ न्यानो कपडा बितरण गरिएको हो ।

अहिले सम्म वडा न ४ मा ८० पिस , वडा न ड लडागडा मा आज ७० पिस न्यानो कपडा कम्मल र ३०ू पिस न्यानो सल बितरण गर्नु भएको छ
अनुरोधकर्ता खड्काले भन्नु भयो कुनै यो त्यो पार्टी नभनेर,ठुलै राहात नभएर सामान्य गरिब असाय असक्तहरुका लागि यो जाडोमा सानो सहयोग मात्र हो अरु बर्षको भन्दा यो बर्ष धेरै जाडो भएको हुनाले स्थानीयहरुलाई राहत भएको स्थानीयले भन्नू भएको छ
नगरपालिका का नौ ओटा वडामा असाय परिवारलाई बितरण गर्ने कार्यक्रम रहेको पनि खड्काले बताउनु भयको छ ।
