Badikedar Khabar

सुदूरपश्चिम विश्वविद्यालयमा अनेरास्ववियु (क्रान्तिकरी)को अनिश्चितकालिन तालाबन्दी,

कञ्चनपुर – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले सुदूरपश्चिम विश्वविद्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयले अखिलले पटक पटक बुझाएका ज्ञापनपत्रहरुमा कुनै चासो नदेखाएकोले आफ्ना मागहरु पुरा नहुन्जेल सम्मकालागि विश्वविद्यालयको केन्द्रीय कार्यलयमा अनिश्चितकालको लागि तालाबन्दी गरेको अखिल अखिल (क्रान्तिकारी) सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष गणेशराज मिश्रले जानकारी दिए । उनले भने, ‘यस विश्वविद्यालयमा विगत केहि समयदेखि विश्वविद्यालय भित्र बेतिथी, विसंगती, मनपरी, स्वेच्छाचारी ढंगबाट र नीति नियमहरु पालना नगरी अगाडी बढीरहेकाले सो गतिविधिहरु तत्काल रोकी विश्वविद्यालयलार्य गतिशील बनाउन पटक–पटक ध्यानाकर्षण गर्दा पनि जिम्मेवार व्यक्तिहरुले चासो नदेखाएकोले अनिश्चितकालका लागि तालाबन्दी गर्नुपरेको हो ।

यस अघि गत मंसिर १२ गते अखिलले विश्वविद्यालयमा बुझाएको ज्ञापनपत्रका सम्बन्धमा विश्वविद्यालयको वार्ता टोली र संगठनका प्रतिनिधिहरुबीच ९ बुँदे सहमति भएको थियो ।

याे पनि हेर्नुस्
Loading...