Badikedar Khabar

अखिल नेपाल शिक्षक संगठन अछाम को सातौँ जिल्ला सम्मेलन तयारी बैठक सम्पन्न

 

कमल विक

jnhit

अछाम/ १८ पुस

आईतवार अखिल नेपाल शिक्षक संगठन अछामले सातौँ जिल्ला सम्मेलन आयोजक कमिटीको सम्मेलन तयारी बैठक सम्पन्न गरेको छ।

शनिबार जिल्लाको कमलबजारमा बैठक सम्पन्न गरिएको हो। तयारी बैठक सम्मेलन सफल गर्ने विषयमा विविध निर्णय गर्दै सम्पन्न भएको हो। बैठकले पौष २३ गते पूँजीवादी शिक्षा प्रणाली अन्त्यका लागी हाम्रो आन्दोलन समाजवादी शिक्षा प्रणाली स्थापनाका लागि क्यु सातौँ जिल्ला सम्मेलन भन्ने मुल नाराकासाथ जिल्लाको सदरमुकाम मंगसेनमा सम्मेलन गर्ने निणर्य समेत गरेको छ। बैठकमा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सचिव तपेन्द्र तिमिल्सिना , विशिष्ट अतिथि अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य प्रदिप जैसी रहनु भएको थियो भने अध्यक्षता जिल्ला सम्मेलन आयोजक कमिटी संयोजक बल ब कठायतले गर्नु भएको थियो।

sugag
याे पनि हेर्नुस्
Loading...