Badikedar Khabar

सौर्य एयरलाइन्सकी कर्मचारी ५० लाखसहित पक्राउ

काठमाडौँ,१८ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन्।

काठमाडौं सिनामंगल बस्दै आएका मोरङको विराटनगर महानगरपालिका–४ घरकी ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विराटनगरबाट शनिबार दिउँसो १ः५५ बजे काठमाडौं अवतरण गरेको सौर्य एयरलाइन्सको जहाजबाट उक्त रकम बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए।

सौर्य एयरलाइन्सका विराटनगर स्टेसन इन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँच नगरी झोला राखेको भन्ने सूचनाको आधारमा विमानस्थल सुरक्षा कार्यालय गौचरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त झोला संकलन गर्ने सौर्य एयरलाइन्स काठमाडौंमा एसिसटेन्टको रुपमा कार्यरत पोखरेललाई नियन्त्रणमा लिइएको हो।

उनको साथबाट स्रोत नखुलेको १ हजार दरको ४ हजार ९५० थान र ५०० दरको १०० थान गरी जम्मा ५० लाख रुपैयाँ बरामद गरिएको प्रहरी वरिष्ठ उपरिक्षक मैनालीले बताए। बरामद रकमसहित पोखरेललाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको उनको भनाइ छ।

याे पनि हेर्नुस्
Loading...