
काठमाण्डौं,१८ पुष / नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाको पुस्तक ‘नेपालीका सपना अधुरै’ विमोचन भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार एक कार्यक्रमका बीच पुस्तक विमोचन भएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गरेको पुस्तकमा नेपालका दैनिक पत्रिका र मूलधारका अनलाइनहरूमा प्रकाशित लेखहरू राखिएका छन्। पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले विमोचन समारोहमा पार्टीभित्र र सदनमा नेता संग्रौलाले सक्रिय भूमिका खेल्ने गरेको भन्दै प्रशंसा गरेका थिए।
