धनगढी, १८ पुस, कैलालीको धनगढी उपमहानगरपालिका ६ जालीमा ‘जाली गाँउ माघी महोत्सव २०७८’ हुने भएको छ । थारुहरुको महान् चाँड माघीको अबसरमा न्यू उपदेश यूवा क्लबले पुस ३० गते देखी माघ ३ गते सम्म आयोजना गर्ने क्लवले जानकारी दिएको छ ।
महोत्सवको उद्घाटनका दिन पुस ३० गते खुल्ला पेनाल्टी सुटआउट फुटवल प्रतियोगिता रहने समेत आयोजकले जनाएको छ । उक्त पेनाल्टी सुटआउटको बिजेतालाई ४० हजार र उपबिजेतालाई २० हजार पुरस्कारको व्यबस्था रहेको खेलकुद व्यबस्थापन समिति संयोजक सरोज चौधरीले जानकारी दिए ।

क्लवको बैठकले महोत्सव व्यबस्थापन गर्नका लागि बिभिन्न आठ ओटा उपसमिति पनि गरेको छ ।स्थानिय कला संस्कृति, पर्यटन, ब्यापार प्रर्बद्धन गर्ने मुल उदेश्यका साथ आयोजना हुने ‘जाली गाँउ माघी महोत्सव २०७८’ सफल पार्ने आर्थिक समितिको सयोजक कन्हैया चौधरी, स्टल तथा मञ्च व्यबस्थापन समितिको संयोजक खेमराज चौधरी, अतिथि सत्कार समिति संयोजक भरत चौधरी, कलाकार व्यबस्थापन समिति संयोजक अर्जुनसिह महतो, भान्सा व्यबस्थापन समिति संयोजक दशिराम चौधरी, खेलकुद व्यबस्थापन समिति संयोजक सरोज चौधरी, स्वयमसेवक व्यबस्थापन समिति संयोजक सुजन चौधरी, प्रचारप्रसार समितिमा प्रेम एसकेलाई चयन गरेको छ ।
कैलालीको धनगढीको जालीमा संचालन गरिने माघी महोत्सवमा थारु समुदायको बाहुल्य रहेको जाली गाउँ क्षेत्रलाई बहुसाँस्कृतिक, बुहभाषिहरुको बसोवास भएको क्षेत्र महोत्सवको माध्यमबाट धनगढी नगर क्षेत्रकै पहिचन बनाउने उदेयले आयोजना गर्न लागिएको क्लवका अध्यक्ष श्रवण देउवाले जानकारी दिए ।
महोत्सवमा थारु संस्कार, संस्कृति र खानपानको प्रदर्शनी सहित झण्डै ५० हजार बढी दर्शकहरुले अबलोकन गर्ने लक्ष्य रहेको छ । ४० स्टल रहने महोत्सवमा बिभिन्न स्थानीय र राष्ट्रिय कलाकारहरुको साँस्कृतिक प्रस्तुती समेत रहने आयोजकले जानकारी दिएको छ
