सुदुर पश्चिमका सबै जिल्लाका राष्ट्रिय गौरव तथा समग्र जनता लाई निकै महत्त्व राख्ने योजनाको स्थलगत अवलोकन तथा सम्भाव्यता अध्यानका क्रममा नेपाली कांग्रेस का केन्द्रीय सदस्य युवा नेता नैनसिंह महर लगायतको टिम अछाम पुगेको छ ।
अछामको क्षेत्र न १ को क्षेत्रिय पाटी कार्यालय साफेबगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गत साता प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको विकास योजनाको खाका बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलसहित पार्टी केन्द्रीय सदस्य नैनसिंह महरलाई सुदूरपश्चिम खटाएको थियो ।
उपाध्यक्ष पौडेलका अनुसार उक्त टोलीले ९ वटै जिल्लामा पुगेर योजनाको खाका बनाउने छ । सबै स्थानीय तहका जनप्रतिनिधिसहित पार्टीका नेताहरुलाई समेत जिल्लामा हुने विकास छलफल तथा सुझाव संकलनमा उपस्थित हुन निम्तो गरिएको छ ।
प्रधानमन्त्री देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाले विशेष चासोका साथ खटाएको टोलीले सुदूरपश्चिममा आगामी निर्वाचनलाई समेत ध्यानमा राखेर योजना बनाउन तथा ठूला रोजगारी सृजना गर्न सक्ने गरी योजनाका खाका बनाउने छ । पार्टी महाधिवेशनमा भारी मतका साथ दोस्रो पटक सभापतिमा विजय भएपछि प्रधानमन्त्री देउवा सुदूरपश्चिमको योजनाको खाका बनाउन लागि परेका छन् ।
सोही अनुसार पौडेल र महर सहितको टोलीले सुदूरपश्चिमका ९ वटै जिल्लामा क्रमशः योजना तर्जुमा र निर्माणबारे अन्तरक्रिया गर्ने छ
