धनगढी, १९ पुस ,कोरोनाले रोकिएको सुदूरपश्चिम महोत्सव यस बर्ष हुने भएको छ । महोत्सवका बारेमा अधिकारिक जानकारी कैलाली उद्योग बाणिज्य संघले सोमबार पत्रकार सम्मेलन गरी गराउने भएको छ ।
हरेक वर्ष मंसिर २२ गतेबाट लाग्ने महोत्सव संघले यस बर्ष भने माघ तेस्रो साता लगाउने तयारी थालेको छ । यो वर्ष कोरोना संक्रमण घटेको भन्दै माघ १८ गतेदेखि महोत्सव आयोजना गर्ने कैलाली उद्योग वाणिज्य संघ कैलालीका बरिष्ठ उपाध्यक्ष पुस्कर ओझाले जानकारी दिएका छन् ।
यो वर्ष लाग्ने महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को दक्षिणकाली मार्गमा रहेको व्यक्तिगत जग्गामा हुने कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।