Badikedar Khabar

आयोजनाका खाका निर्माण गरि विकास गरिन्छ – नेता महर

धनबहादुर भण्डारी

डडेल्धुरा १९,पुस , कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय योजना आयोगसंगको परामर्शमा नेपाली कांग्रेसले देशभर विकास आयोजनाहरु खाका तयार पारेर विकास गरिने वताउनु भयो ।
महत्वपुर्ण विकास निर्माणका कार्यका लागि योजना आयोग सम्म पुगेका निवेदन को खाँका तयार पारी प्र्रथमिकताका आधारमा कार्यान्वयन गरिने जनाउनु भयो । सबै योजनाहरु आयोग सगंको मरमर्शमा क्रमस प्राथमिकताका आधारमा अगाढी वढाईने केन्द्रिय सदश्य महरले दावि गर्नु भयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्व पौडेल सहित साता देखि सुदुरपश्चिम भ्रमणमा रहेका काग्रेस नेता महरले प्रधानमन्त्री शेरवहादुर देउवाको निर्देशन र संयोजनमा विकासका लागि स्थलगत भ्रमण गरि अध्ययन थालिएको वताउनु भयो । सोही अनुसार प्राथमिकतामा योजना राखि कार्यान्ववयनका लागि अगाढी वढाईने जनाउनु भयोे । सुदुरपश्चिमका नौ वटै जिल्ला भ्रमण गरि सोमवार मात्रै गृह जिल्ला पुगेका नेता महरले यूग सुहाउदो र जनताका पिरमार्कालाई सम्वोधन खालका विकास निर्माणका योजना सचांलनमा ल्याईने जिकिर गर्नु भयो ।
केन्द्रिय सदस्यमा निर्वाचित भएपश्चात सुदुरपश्चिम भ्रमणमा आएका नेता महरको गृहजिल्ला डडेल्धुरा सदरमुकाममा भव्य स्वागत भएको छ । नेपाली कागे्रंस डडेल्धुराको आयोजनामा गरिएको बधाई तथा सम्मान कार्यक्रममा स्थानिय नेता जनप्रतिनिधी र सर्वसधारणले नेता महर सगैं योजना आयोगका उपाध्यक्ष पौडेलको पनि स्वागत गरेका छन् ।
उक्त कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा योजना आयोगका उपाध्यक्ष डा। विश्व पौडेलले आफुुहरु विकास निर्माणका योजना सकंलन कै लागि सुदुरपश्चिममा आएको र यहांको धार्मिक पर्यटकिय विकासका लागि दुर्तमार्ग निर्माण गर्न सडक सजांलको स्तोरोन्नती गरिने वताउनु भयो । डडेल्धुरा प्राकृर्तिक रुपमानै सुन्दर छ यसमा थप आधुनिक विकास गरेर सौन्दर्यता झल्काउने विश्वास दिलाउनु भयो ।


सुदुरपश्चिमको गरिवी हटाउन पश्चिमसेती परियोजना, लगाएत सिचाइ, विद्युतिकरण, खानेपानी , ग्रामिण सडकलाई प्राथमिकतामा राखिने योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले जनाउनु भयो । साथै सुदुरपश्चिमका सचांर गृह तथा सुचना प्रणालीका लागि पनि महत्वपुर्ण सचांर सम्वन्धिका महत्वपुर्ण योजनाहरुलाई अगाडी वढाईने उपाध्यक्ष पौडेल वताउनु भयो ।
राष्ट्रिय योजना आयोगको टोलीमा सुदूर पश्चिम भ्रमणमा आएका नेता महरले, ’प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले पश्चिम सेती आयोजनाको निर्माण प्रक्रियालाई विशेष चासोका निर्देशन समेत भएकालले टोली पुग्ने बित्तिकै पश्चिम सेती, फाष्ट ट्रयाकका कुरालाई अगाडि बढाउन जोड गरिने जनाए   ।

याे पनि हेर्नुस्
Loading...