धनगढी,१९ पुष / नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । खुल्ला, दलित र महिलातर्फका तीनजना उम्मेदवारको टुंगो लागेको प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताए । खुल्लामा कैलालीका डिल्लीराज भट्ट, दलितमा बैतडीका नरेश बिक र महिलामा कैलाली कै सन्तोष शर्मा थापा उम्मेदवार बनेका छन् ।
यसअघि एमालेले ९ जनाको नाम सिफारिस गरेको थियो । ती मध्ये तीनजनालाई उम्मेदवार बनाउने निर्णय गरिएको हो । तीन दलका तीन जनाको चार वर्षीय कार्यकाल पुरा भएपछि राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा १२ माघमा निर्वाचन हुने कार्य तालिका छ ।