काठमाडौं २० पुस, चलचित्र ‘प्रेमगीत ३’को रिलिज मिति पोस्टपोन्ड गरिएको छ । निर्माणपक्षले फागुन १३ गतेलाई प्रदर्शन मिति तय गरेको थियो ।
यो वर्षकै सर्वाधिक प्रतीक्षा गरिएको सन्तोष सेन र छेतन गुरुङ निर्देशित चलचित्र ओमिक्रोनका कारण पछि सारिएको हो ।
चलचित्रको मिति अनिश्चितकालका लागि पछि सारिएको उल्लेख गर्दै सन्तोषले आफूहरु नआत्तिएको पनि बताएका छन् ।
शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खड्का र कृष्टिना गुरुङ अभिनित यो चलचित्रको प्रदर्शन मिति यसअघि २०७६ साल चैत २८ गतेलाई तोकिएको थियो । तर, कोरोना महामारीका कारण लकडाउन भएपछि यो चलचित्र रिलिज हुन सकेन ।