Badikedar Khabar

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा सत्ता गठबन्धनबाट उम्मेदवारी दर्ता

धनगढी: माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता भएको छ ।

राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट रिक्त रहेको महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी गरिमा शाह, दलित सदस्यमा नेकपा माओवादी केन्द्रका जगत पार्की र खुला सदस्यमा नेपाली कांग्रेसका नारायण मिश्रले उम्मदवारी दर्ता गराएका निर्वाचन कार्यालयले जनाएको छ।

याे पनि हेर्नुस्
Loading...