बिक्रम खड्का
डोटि, राष्ट्रिय मुक्त हलिया समाज नेपाल डोटीले १३ औ हलिया मुक्ती दिवस बनाउदै आज नेपाल सरकारका प्रधान मन्त्रीलाई जिल्ला प्रशासन डोटी द्धारा७ बुदे मागसहित ज्ञापन पत्र बुझएको छ ।
पुनस्थापनाको समयअवधि लम्बीदै जादा छुटेका मुक्तहलीया हरुको उचित ब्यबस्थापन शिक्ष ,स्वास्थ्य,रोजगारी,आयआर्जन दिगो जिविकोपार्जन सामाजिक शसक्तीकरण र समाबेशि करण ओझेलमा परेको भन्दै ज्ञापन पत्र बुझाएको राष्ट्रिय मुक्त हलिया समाज नेपाल डोटीका माहासचिब टिका नेपालीले जानकारी दिनु भएको छ ।
१३ औ हलिया दिवश मनाई रहदा समेत सरकारले कुनै वास्था नगरेको छुट मुक्त हलियाहरुको ब्यावस्थापन गर्न संघिय, प्रदेश र स्थानिय सरकारले समन्वय नगरी हलीयाको अवस्था अध्यन तथ्याङ्घ संकलन नगरेको, चलु आ।व।को निति तथा कार्यक्रममा मुक्त हलियालाई प्रथमिकतामा नराखेको , कोभिड १९ बाट प्रभाबित परिवारलाई प्रथमिकतामा राखी रोजगारीको सिर्जना हुनुपर्ने लागाएतका ७ बुदे माग सहित ज्ञापन पत्र बुझाएको राष्ट्रिय मुक्त हलिया समाज नेपाल डोटी का उपाध्यक्ष बजिर नेपालीले बताउनुभयो ।
स्थानिय सरकारले गर्ने बिकास निर्माणका योजना र अनुदान सहयोग कार्यक्रममा दलितहरुलाई बंचित गरिएको र डोटीका दुर्गम गाउँहरुमा अझै हलिया रहेका र उनिहरुको तथ्याङ्घ संकलन हुन बाँकी रहेको छ ।जिल्लामा १३ सय २१ मध्ये ११ सय २३ जना पुर्नस्थापना भएका छन भने १ सय ९८ जना अझै पुर्नस्थापना हुन बाँकी छन् ५० जना सम्पर्क बिहिन रहेको साथै मुक्त हलिया पुर्नस्थापनाको अधिकार स्थानिय सरकारलाई दिइएको छ तर स्थानीय सरकारले पुर्नस्थापनामाा ध्यान नदिएको मुक्त हलियाका अगुवा हरु बताउँछन् ।