धनगढी , कैलालीमा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको बर्दगोरिया गाउँपालिका–१ का ३० वर्षीय नरेन्द्र प्याकुरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सोमबार साँझ ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको टोलीले उनलाई प्रक्राउ गरेको हो ।
उनको साथबाट १० ग्राम लागुऔषध चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।