Badikedar Khabar

आउने चुनावमा पार्टीलाई एक नम्बर बनाउनुपर्छ : एमाले सचिव भट्ट

नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले अगामी चुनावमा एमालेलाई पहिलो पार्टी बनाउने गरी काम गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

शुुक्रबार एमालेको कैलाली जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले एकताबद्ध भएर स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई पहिलो बनाउन कार्यकर्तालाई आग्रह गरे ।

भट्टले भने, ‘अगामी चुनावमा पार्टीलाई एक नम्बरको पार्टी बनाउने गरी लाग्नुुस् । शुुभकामना दिन चाहन्छुु ।’ उनले एकता सबभन्दा ठूलो शक्ति भएको उल्लेख गरे । ‘आन्तरिक एकताले नै आगामी चुुनावमा नेकपा एमालेले सबै पार्टीलाई बढार्छ भन्ने विश्वास लिएका छौँ, ।’ भट्टले भने ।

उनले कैलालीका १३ वटा स्थानीय तह, १० वटा प्रदेशसभा निर्वाचन क्षेत्र र ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा क्रियाशील भएर खटिनसमेत कार्यकर्तालाई आग्रह गरे ।

याे पनि हेर्नुस्
Loading...